सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ? « Arthapath.com
३ असार २०८२, मंगलबार

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । बुधबार पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ । मंगलबार दुई हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो । २ दिनमा सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बुधबार चाँदी एक हजार ७१० रुपैयाँमा किनबेच भइरहेकाे छ । मंगलबार चाँदी एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्