सर्वोत्तम सिमेन्टको सेयरको लकइन भदौ २५ गते सकिँदै

काठमाडौं । सर्वोत्तम सिमेन्टको संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरू (म्युचुअल फण्ड) को स्वामित्वमा रहेको सेयरको लकइन अवधि भदौ २५ गते सकिने भएको छ । संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरूको २५ लाख ५४ हजार २२७ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।
लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भई कारोबार सुरु हुनेछ ।
सर्वोतम सिमेन्टले जारी पूँजी ४ अर्ब ६५ करोडको १२.९० प्रतिशतले हुन आउने कूल ६० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख किता योग्य संस्थागत लगानीकर्तालाई र सर्वसाधारणलाई छुट्टयाईएको सेयर मध्येको ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार २२७ किता सेयर सामूहिक लगानी कोषहरूलाई वितरण गरेको थियो ।