कालिका लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी पनि बढ्यो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कालिका लघुवित्तको नाफामा उछाल आएको छ । सो अवधिसम्म संस्थाको खुद नाफा १३४.०२ प्रतिशतले बढेको हो । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा संस्थाले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी भने ०.५४ प्रतिशत मात्रै बढेर २५ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो रकम २५ करोड ३६ लाख रुपैयाँ थियो । संस्थाले ४ करोड ४३ लाख रुपैयाँ बराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।
चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड ७८ लाख रुपैयाँ रिभर्स भएको छ।
सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ २७ पैसा रहेको छ।
चौथो त्रैमाससम्म संस्थाले खराब कर्जा अनुपात घटाएको छ । अघिल्लो आवसम्म ४.८५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.७९ प्रतिशत कायम भएको छ ।
३७ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २७ करोड ६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ अर्ब ४९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३ अर्ब ९० करोडको कर्जा लगानी गरेको छ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ ८५ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ७५.८१ गुणा रहेको छ।