यी हुन् सर्वाधिक सेयर मूल्य बढ्ने १३ कम्पनी « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

यी हुन् सर्वाधिक सेयर मूल्य बढ्ने १३ कम्पनी



काठमाडौँ । सेयर बजारमा उछाल आउँदा सोमबार ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, स्वेत गंगा हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा कम्पनी र शुभम् पावर पावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

सगरमाथा जलविद्युत, हिमाला दोलखा हाइड्रोपावर, शिखर इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, आँखु खोला हाइड्रोपावर, अरुण कावेली पावर लगायत कम्पनीको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस दिन यी सहित १७१ कम्पनीको सेयर मूल्यमा बढोत्तरी भएको छ । यस दिन बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्