सेयर बजारमा सामान्य करेक्सन, साढे २१ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा करेक्सन देखिएको छ । विगत ४ दिनदेखि लगातार बढेको सेयर बजार आजसामान्य गिरावट देखिएको हो ।
यस दिन नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।
बजारमा करेक्सन आउँदा ५ उपसूचकमा हरियाली देखिएको छ भने बाकि सूचक राताम्य बनेको छ ।
यस दिन ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
बजारमा सामान्य करेक्सन हुँदा मातृभूमि लघुवित्त, पिपुल्स पावर र दोल्ती पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा भने नेपाल फाइनान्स अग्रस्थानमा देखिएको छ । मैलुङ खोला जलविद्युत, आत्मनिर्भर लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, सगरमाथा लघुवित्त लगायत कम्पनीको सेयर मूल्य भने घटेको छ ।