सेयर बजार : ३ हजार बिन्दु नाघ्यो नेप्से, २५ मिनेटमा ४ अर्बको कारोबार « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सेयर बजार : ३ हजार बिन्दु नाघ्यो नेप्से, २५ मिनेटमा ४ अर्बको कारोबार



काठमाडौं । सेयर बजारले ३ हजार बिन्दु पार गरेको छ । कारोबार खुलेको २५ मिनेटमा नै ६४.७१ प्रतिशतले बढेर नेप्से परिसूचक ३०२२.४७ बिन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म नेस्पे २.१८ प्रतिशतले बढेको हो ।

प्रि ओपन सेसनमा नै नेप्से सूचक २१.८४ अंकले बढेर २९७९.५९ विन्दुमा पुगेको थियो । २५ मिनेटमा ४ अर्ब ८ करोड ५८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

यो अवधिसम्म १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ ।


प्रतिक्रिया दिनुहोस्