सुनको मूल्य हालसम्मकै महँगो, प्रतितोला कति पुग्यो ? « Arthapath.com
३ असार २०८२, मंगलबार

सुनको मूल्य हालसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?



काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आज छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा पुगेको छ । मंगलबारको बजारमा छापावाला सुनको मूल्य एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत भदौ २ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । मंगलबार चाँदीको मूल्य एक हजार ८२० रुपैयाँमा कायम भएको थियो।


प्रतिक्रिया दिनुहोस्