मातृभूमि लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । संस्थाको मिति भदौ २ गते बसेको संचालक समितिको १४७औं बैठकले संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
शर्मा आज भदौ ५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त एक आपसमा मर्ज भई मातृभूमि लघुवित्त कायम भएको हो ।