सामान्य अंकले बढ्यो नेप्से, १९ अर्बको सेयर किनबेच « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सामान्य अंकले बढ्यो नेप्से, १९ अर्बको सेयर किनबेच



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५.७४ अंकले बढेर २९७४.१९ बिन्दुमा पुगेको छ ।

बिहीबार १९ अर्ब १० करोड ६१ लाख २५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस दिन ३३३ कम्पनीको ४ करोड ८ लाख ७० हजार ७९१ कित्ता सेयर खरिदबिक्री भएको छ आज कारोबारमा आएकामध्ये १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११० कम्पनीको घटेको छ । ३ कम्पनीको भने सेयर स्थिर छ ।

कुल १३ उपसूचकमध्ये ७ सूचक बढेका छन् भने बाँकी ५ सूचक घटेका छन् । आज विकास बैंकतर्फ लगानीकर्ता आकर्षित देखिएका छन् ।

आज कारोबारमा आएकामध्ये १३१ कम्पनीको सेयर मूल्य बढेको छ, भने ११० कम्पनीको घटेको छ । ३ कम्पनीको भने सेयर स्थिर छ । सेयर बजार सामान्य बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावर , ज्योति विकास बैंकमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको हो ।

कारोबार रकमको आधारमा भने शाइन रेसुंगा बैंक अग्रस्थानमा देखिएको छ । बैंकको १ अर्ब ३ करोड ९३ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर, ज्योति विकास बैंक, हिमालयन रि इन्स्योरेन्स, अपि पावर लगायत कम्पनी पनि सर्वाधिक कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्