आइतबारदेखि नयाँ टिएमएस सञ्चालनमा आउँदै

काठमाडौं । आगामी आइतबार (असोज २० गते) देखि नयाँ टिएमएस संचालनमा आउने भएको छ । सेक्यूर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६) ले नयाँ टिएमएस संचालनमा ल्याउने भएको हो ।
लगानीकर्ताहरुले हालसम्म संचालनमा रहेका टिएमएस प्रयोगमा नरहने कम्पनीले जनाएको छ । सेक्युरिटिजबाट कारोबार गर्दै आएका लगानीकर्ताले आगामी आइतबारदेखि नयाँ टिएमएस लगइन गर्नुपर्नेछ ।
नयाँ टिएमएस सम्वन्धी तालिम लिन इच्छुक लगानीकर्ताहरुले कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
