नेक्सजेनको साधारण सभाले पारित गर्यो लाभांश, नाम परिवर्तन र नयाँ संचालक मनोनयन
काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभामा आव २०८०-८१ को वित्तिय विवरण पारितभएको छ ।
यसका साथै सभामा कम्पनीको नाम परिवर्तन गरि“ नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रा लि राख्ने निर्णय भएको गरेको कम्पनीका अध्यक्ष रमेश भट्टराईले जानकारी दिए ।
उनका अनुसार कम्पनीले भबिष्यमा नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलको काम समेत गर्ने योजना बनाएको छ, त्यसैले पुँजी वृद्धि र समान प्रकृतिका कम्पनीहरुसँग मर्जर गर्ने निर्णय गरेको छ ।
साथै सोही सभाले आगामि चार बर्षको लागि देबेन्द्र प्रताप शाह, रमेश कुमार भट्टराई, बलराम बिष्ट, अजय कुमार मिश्र र शिवराज( माधव) दवाडि लाई संचालकमा निर्विरोध मनोनयन गरेको छ ।
संचालकको मनोनयन पछि सभामा नै संचालकहरुले एक मतले अध्यक्षमा देबेन्द्र प्रताप शाहलाई र रमेश कुमार भट्टराईलाई प्रबन्ध संचालकमा मनोनयन गर्ने घोषणा गरेको थियो ।