दशैँमा ‘भेजिटेरियन’ले के खाने ? यी हुन सक्छन् स्वादिष्ट भोजन
काठमाडौं । दशैँको मुख्य भोजनको रूपमा मासुलाई लिइन्छ । दशैँ भन्ने बित्तिकै राम्रो लाउने र मिठो खाने चाडको रूपमा लिने गरिन्छ । वर्षभरीको दुख बिर्सेर रमाउनु, आफन्तसँग रमाउनु दशैँको विशेषता हो । मासुलाई मिठो भोजनको रूपमा ग्रहण गर्नेहरू धेरै छन् । तर सबै जनाले मासु खाँदैनन् । शाकाहारी अर्थात् भेजिटेरियनले दशैँमा के-के खाने त ? कतिपयलाई यो चिन्ताको विषय पनि बन्न सक्छ ।
यद्यपि, भेजिटेरियनले पनि दशैँमा विभिन्न परिकार खाएर दशैँ सेलिब्रेसन गर्न सकिन्छ ।
दशैँमा शाकाहारीले पनिर, च्याउ, विभिन्न अचारका परिकार, हरियो सागपात, गेडागुडी र विभिन्न मिठाइका परिकार खाएर मनाउन सकिन्छ ।
यसका अलावा घिउ, दुध, दहि, मोही पनि खाना सकिन्छ । विभिन्न किसिमका फलफूल पनि खानामा समावेश गर्न सकिन्छ ।
दुध मा सेवाई र ड्राइफ्रुट्स राखेर बनाइएको परिकार, सबै किसिमको गेडागुडी, जस्तो सिमी, चना, मटर, केराउ, राजमा मिसाइएको अर्थात् क्वाँटी जस्तै गेडागुडीका परिकार, कुरिलो, टोफु, हलुवा, सेल, खीर लगायत परिकार पनि आफ्नो भोजनमा समेट्न सकिन्छ ।
स्वास्थ्यको लागि फाइदै फाइदा
मांसाहारको तुलनामा शाकाहार भोजनलाई स्वास्थ्यबर्दक मानिन्छ । शाकाहारी व्यक्ति निरोगी, स्वस्थ्य, फुर्तिलो हुन्छन् ।
शरीरलाई आवश्यक मात्रामा प्रोटिन, क्याल्सियम, मिनरल, आइरनको मात्रा मिलाउन सकियो भने शाकाहारी बन्नु स्वास्थ्यको लागि निकै फाइदाजनक रहने स्वास्थ्यविद्हरू बताउँछन् । शाकाहारी भोजनले शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि तन्दुरुस्त राख्ने गर्छ ।
सब्जीमा भरपुर मिनरल्स हुन्छ । गाजर, मुला, कांक्रालाई सलादको रुपमा पनि सेवन गर्न सकिन्छ ।फलमा भिटामिन र अन्य पोषक तत्व रहेको हुन्छ । नासपाती, केरा, सुन्तला, स्याउ, अंगुर, जस्ता मौसमी खानेकुरा सेवन गर्न सकिन्छ ।
शाकाहारी व्यक्तिले ड्राइ फुड्सको सेवनबाट पनि उचित मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छन् । बदाम, काजु, किसमिस, ओखर आदिमा भिटामिन, पोटासियम, फाइबर, क्याल्सियम प्राप्त गर्न सकिन्छ ।
हरियो सब्जी नियमित प्रयोग गर्नुपर्छ । यसमा फोलिक एसिड भरपुर मात्रामा पाइन्छ । जसले शरीरमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ । यसबाट क्याल्सियम, मिनरल्स पनि मिल्छ ।