ब्रोकर एसोसिएसनको नेतृत्वका लागि सागर ढकाल र राजकुमार तिमल्सिनाबीच प्रतिस्पर्धा हुने « Arthapath.com
२१ मंसिर २०८१, शुक्रबार

ब्रोकर एसोसिएसनको नेतृत्वका लागि सागर ढकाल र राजकुमार तिमल्सिनाबीच प्रतिस्पर्धा हुने



काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षका लागि २ समूहबीच प्रतिस्पर्धा हुने भएको छ। एसोसिएसनको भावी नेतृत्वका लागि सागर ढकाल र राजकुमार तिमल्सिनाबीच प्रतिस्पर्धा हुने भएको हो ।

नयाँ नेतृत्वका लागि १२ बजेसम्म तय गरिएको अवधिमा दुई जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् । एसोसिएसनको निर्वाचनका लागि नियुक्त भएका प्रमुख निर्वाचन अधिकृत वासु रिजालका अनुसार महासचिवमा भक्तिराम घिमिरे र गोविन्द शर्मा गैरेले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्