स्थापनाको ७० वर्षमा पहिलो पल्ट महिला नेतृत्व पाउँदै पत्रकार महासंघ « Arthapath.com
१८ असार २०८२, बुधबार

स्थापनाको ७० वर्षमा पहिलो पल्ट महिला नेतृत्व पाउँदै पत्रकार महासंघ



युनियन र चौतारीले घोषणा गरे संयुक्त ‘प्यानल’

काठमाडौँ । देशभरका पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको इतिहासमै पहिलो पल्ट महिला नेतृत्व स्थापित हुने सुनिश्चित गर्दैै प्यानल घोषणा भएको छ । सत्ता गठबन्धनजस्तै पत्रकार महासंघको नेतृत्वमा पनि नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेका छन् ।

दुबै संस्थाका महासचिवहरु दीलिप पौडेल (युनियन) र हिरामान लामा ( चौतारी)ले आइतबार विहान एक औपचारिक कार्यक्रम मार्फत् साझा उम्मेदवारको नामावली सार्वजनिक गरेका छन् ।

उक्त गठबन्धनले प्रेस चौतारी नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने निर्मला शर्मालाई भावि अध्यक्षको उमेदवार घोषणा गरेको छ । उनी सञ्चाररिका समूहकी पूर्व अध्यक्ष एवम् समकोण कार्यक्रमकी प्रस्तोता रहिसकेकी छिन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रेस युनियनका तर्फबाट दीपक आचार्य उमेदवार बनेका छन् । महिला उपाध्यक्षमा चौतारीबाट नितु पण्डित र समावेशी उपाध्यक्षमा युनियनबाट उमिदप्रसाद बागचन्द उमेदवार बनेका छन् ।

पण्डित पनि सञ्चारिका समूहकै पूर्व अध्यक्ष हुने भने बागचन्द बीबीसी नेपाली सेवामा कार्यरत छन् । महासंघ महासचिवमा युनियनका तर्फबाट रामप्रसाद दाहाल उमेदवार बनेका छन् । उनी अहिले रातापाटी डटकमको सम्पादक छन् ।

महासंघका ६ जना सचिवमध्ये खुल्लातर्फ रमेश खतिवडा, महिलामा सोनी शर्मा, आदिवासी जनजातितर्फ सविन प्रियासन, मधेशीतर्फ अशोककुमार तिवारी, दलिततर्फ प्रकाश थौलाकोटी र एसोसिएटबाट बैकुण्ठराज पराजुली प्रत्यासी छन् ।

कोषाध्यक्षमा चौतारीका तर्फबाट रामकृष्ण ज्ञवाली संयुक्त उमेदवार बनेका छन् । लेखा समिति संयोजकमा केसी लामिछाने सदस्य छन् ।

सदस्यहरुमा खुलातर्फ रामेश्वर कार्की, छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी र लवदेव ढुंगाना उमेदवार बनेका छन् । कोशी प्रदेशबाट कमलमणि रिमाल र शंकर खरेल छानिएका छन् । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यमा अच्युतम् कुमार सापकोटा र राजेश कर्ण उमेदवार छन् । वागमती प्रदेशबाट नवराज पथिक र नारायण अधिकारी केन्द्रिय सदस्यका उमेदवार छन् ।

गण्डकी प्रदेशबाट कृष्ण केसी र केवि राना, लुम्बिनी प्रदेशबाट विकास बन्जाडे र रामराज पोखरेल, कर्णाली प्रदेशबाट तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय, सूदूरपश्चिम प्रदेशबाट योगेन्द्रबहादुर रावल र सुरेश पन्त, उपत्यका प्रदेशबाट विनोदप्रसाद चौलागाई र पुस्करराज बुढाथोकी, प्रतिष्ठान प्रदेशबाट नरेन्द्र मानन्धर र सविता शर्मा केन्द्रिय सदस्यको उमेदवार छन् ।

संस्थागत सदस्यहरुमा एशोसिएटका तर्फबाट पवित्रा मुडभरी र मुक्तिवाबु रेग्मी, महिला सदस्य (मधेसी)मा रुविकुमारी रौनियार, आदिवासी सदस्यमा माला मालुङ्वा र खस आर्य सदस्यमा लिला शाह योगी उमेदवार बनेका छन् ।

नेपाल पत्रकार महासंघले आफ्ना ९,४५५ मतदाताको नामावली सार्वजनिक गरेको छ ।

दलित सदस्यमा सिकेन्द्र पासवन निर्विरोध निर्वाचित भएका छन् । दलित सदस्य महिला र आदिवासी जनजाति महिला तर्फ पनि निर्विरोध भएको छ । आदिवासी जनजाति सदस्यमा भरत जर्घामगर उमेदवार छन् । मधेसी सदस्यमा राजकरण महतो, मधेसी महिला सदस्यमा ललिता साह, अपाङ्गता भएका सदस्यमा भूपराज बस्याल र अल्पसंख्यक सदस्यमा लक्ष्मण थामी उमेदवार छन् ।

लेखा समिति सदस्यमा केशवप्रसाद बोहरा र महिलातर्फ रुक्मिणी पोखरेल उमेदवार छन् ।

देशकै ठूला पत्रकार संगठनहरु एकै मञ्चमा आएर चुनावमा जाने तयारी गरेपछि यो गठबन्धनले निर्वाचनमा विजय हासिल गर्ने स्पष्ट रहेको संगठन प्रमुखहरुले बताएका छन् । यस गठबन्धनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका अतिरिक्त समाजावदी प्रेस संगठन नेपालको एउटा खेमा पनि सहभागि छ । साथै देशभरका महिला पत्रकारहरुको नेतृत्व गर्ने सञ्चारिका समूह र देशभरका सामुदायिक रेडियो प्रशारकहरुको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले पनि यस गठबन्धनलाई समर्थन गरेको छ ।

यस विस्तारित गठबन्धन विरुद्ध चुनावी मैदानमा खडा भएको अर्को समूह भने प्रेस सेन्टर नेपालको अग्रसरतामा बनेको छ । उक्त समूहको नेतृत्व गर्दै रमेश विष्ट अध्यक्षको उमेदवार बनेका छन् । महासंघका वर्षमान महासचिव रोशन पुरी यो प्यानलबाट बरिष्ठ उपाध्यक्षको उमेदवार छन् । उपाध्यक्ष महिलामा गंगा पौडेल (बराल) र समावेशी उपाध्यक्षमा सुभाषप्रसाद साह उमेदवार छन् । महासचिवमा लेखनाथ न्यौपाने उमेदवार बनेका छन् ।

६ जना सचिवमध्ये खुला तर्फ उत्तरसिंह विष्ट, मधेसीतर्फ श्रीजन झा, महिलातर्फ सरिता बराइली, दलिततर्फ वसन्त विक, आदिवासी जनजातीतर्फ भिषण राई र एशोसियटतर्फ विकास कार्की उमेदवार बनेका छन् । कोषाध्यक्षमा रामकृष्ण अधिकारी उमेदवार छन् ।

केन्द्रीय सदस्यहरुमा तीर्थ सिग्देल, दिपेन्द्र कुमार राई, राजु विश्वकर्मा, संजय कुमार राउत, मणिराज गौतम, मिनकुमार दाहाल, दिपक भट्टराई, यानेन्द्र जिसि, सुमन अधिकारी, देविराम देवकोटा, यज्ञराज थापा, डिलबहादुर सिंह, रामसिंह ठगुन्ना, अर्जुन पन्त, सूर्य सुवेदी, वीरेन्द्र ओली, साहास भट्ट, केशव बहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्द लोप्चन, रामकुमार श्रेष्ठ, रिता बुढाथोकी, सरु राना, मिनकुमारी यादव, दिया चन्द, लक्ष्मण दर्नाल, अर्जुन बहादुर तामाङ, चन्द्रदेव कामती, ललिताकुमारी साह, अर्जुन काफ्ले र बख्तियार अलि उमेदवार बनेका छन् ।

लेखा समिति संयोजकमा ध्रुवकुमार रावल र लेखा समिति सदस्यहरुमा गणेश प्रसाद बन्जाडे एवम् लक्ष्मी चौधरी उमेदवार बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्