डेढ दर्जन निर्माण कम्पनीलाई कालो सूचीमा राखिँदै, स्पष्टीकरण पेश गर्न ७ दिनको म्याद
काठमाडौं । सरकारले डेढ दर्जन निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राख्ने भएको छ ।
विभिन्न सार्वजनिक निकायहरुबाट लेखी आएको सिफारिसका आधारमा १८ वटा कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
ती कम्पनीहरुले सात दिन भित्र कालो सूचीमा नपर्ने कारणसहित स्पष्टीकरण पेश गर्नुपर्नेछ । यसअघि कार्यालयले कालो सूचीमा नपर्ने आधार प्रमाण भए ३० दिन भित्र लिखित स्पष्टीकण पेश गर्न भनेको थियो । तर, सो अवधिमा कुनैपनि जवाफ प्राप्त नभएपछि कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाउन लागेको हो ।