पुस मसान्तभित्रै आयकरको पहिलो किस्ता बुझाउन ताकेता « Arthapath.com
१८ असार २०८२, बुधबार

पुस मसान्तभित्रै आयकरको पहिलो किस्ता बुझाउन ताकेता



काठमाडौं । पुस मसान्तभित्रै कर दाखिला गर्न आन्तरिक राजश्व विभागले ताकेता गरेको छ । विभागले चालु आर्थिक वर्ष २०८१–८२ को करको विवरण र पहिलो किस्ताको कर दाखिला पुस मसान्तभित्रै गर्न आग्रह गरेको हो ।

आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा १० बमोजिम आर्थिक वर्ष २०८१–८२ को आयकर किस्ता दाखिला गर्नुपर्ने करदाताले दफा ९५ बमोजिम चालू आर्थिक वर्षको अनुमानित करको विवरण र त्यसअनुसारको तिर्नुपर्ने आयकरको प्रथम किस्ता बापतको ४० प्रतिशत रकम पुस महिनाभित्रै ठूला करदाता कार्यालय, मध्यम स्तरीय कर दाता कार्यालय, सम्वन्धित आन्तरिक राजश्व कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्न भनेको छ ।


प्रतिक्रिया दिनुहोस्