अनलाइन सपिङ गर्दा सामान प्राप्त गरेपछि मात्रै नगद भुक्तानी दिन प्रहरीको आग्रह
काठमाडौं । अनलाइन सपिङका नाममा हुने गरेको ठगीका घटना मौलाउने थालेसँगै प्रहरीले नागरिकलाई सचेत गराएको छ । प्रहरीले ठगीबाट बच्ने उपायमा प्रहरीले सामान प्राप्त गरेपछि मात्रै नगद भुक्तानी दिने ‘क्यास अन डेलिभरी’विकल्प रोज्न सकिने उल्लेख गरेको छ ।
‘अनलाइन व्यापारको नाममा सामाजिक संजालमा विभिन्न साईटहरु खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न क्यूआर र बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसके पछि सामान डेलिभरि नगरी सम्पर्क बिहिन भई ठगी गर्ने प्रवृति बढेकाले सजक रहन सम्पुर्णमा अनुरोध छ’ नेपाल प्रहरीले भनेको छ ।
त्यसमा अर्डर गरेको सामान प्राप्त गरेपछि मात्रै नगद भुक्तानी दिने ‘क्यास अन डेलिभरी’ विकल्प अपनाउन सकिने उल्लेख छ ।
ठगीमा परियो भने के गर्ने भन्नेबारे पनि प्रहरीले सुझाव दिएको छ । यस्ता ठगीमा परे स्क्रिनसट र लिंकसहित प्रहरीको साइबर ब्युरोमा निवेदन दर्ता गर्न प्रहरीले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाबाहिरका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।