जलवायु परिवर्तनका मुद्दा साझा प्रयासद्वारा काम गर्नुपर्छः अर्थमन्त्री « Arthapath.com
२८ पुष २०८१, आईतवार

जलवायु परिवर्तनका मुद्दा साझा प्रयासद्वारा काम गर्नुपर्छः अर्थमन्त्री



काठमाडौँ । अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले जलवायुु परिवर्तन र व्यापारमा दिगोपनाका मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा रहेकाले सबै मुलुकहरु मिलेर समाधान गर्नेतर्फ लाग्नुुपर्ने धारणा राखेका छन् ।

शनिवार राजधानीमा विश्व व्यापार सङ्गठन(डब्ल्यूटीओे) र काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना विषयक’ तेस्रो वार्षिक सम्मेलनको उद्घाटन गर्दै अर्थतन्त्री पौडैलले नेपाल जलवायु परिर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवम् पूर्वाधार विकासका क्षेत्रमा समेत स्पष्ट देखिएको बताए ।

कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रहरुको समेत विकेन्द्रीकरण गरी आपूर्ति श्रृंखलामा समेत विविधिकरण गर्न आवश्यक रहेको उनको भनाई छ ।

दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिवीच छलफल गर्न यस सम्मेलनमार्फत ठूलो सहयोग पुुग्ने अर्थमन्त्रीको भनाई छ ।

जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्न आवश्यक रहेको उनले बताए ।
ठूलो लगानीमा निर्माण गरेका पूर्वाधाका संरचनाहरुमा वर्षेनी आउने प्राकृतिक विपत्ति बाढी, पहिरो, भुुकम्पका कारण हुने नोक्सानीबाट आपूूर्ति श्रृंखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखी जलवायुुमैत्री विकास प्रक्रियामा क्रियाशिलता लिनुुपर्ने उनको भनाई छ ।

आर्थिक वृद्धिको इन्जिनको रुपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेकाले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाका लागि जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्ने सन्दर्भमा यस सम्मेलनले उपयोगी हुने अर्थमन्त्रीले बताए ।

दक्षिण एसिया कृषि उत्पादन र यसको व्यापारका लागि महत्वपूर्ण हिस्सा भएकाले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउन सक्ने चुनौतीलाई सामना गर्ने गरी जलवायुु स्मार्ट कृषिको प्रभावकारी कार्यान्वयनको रणनीति बनाउन आवश्यक रहेको मन्त्रीले बताए ।

सम्मेलनमा काठमाडांै विश्व विद्यालयका रजिष्टार डा. अच्युुत वाग्लेले निजी क्षेत्रमैत्री दिगो आर्थिक विकासको आवश्यक रहेकाले यसले भविष्यको दिगो विकासको लागि टेवापुुग्ने बताए ।

जब व्यापारमा दिगोपनको कुुरा गर्छौं, त्यहाँ राजस्व र करको कुरा मात्र नभएर लगानी बढी गर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

‘नविकरणनीय ऊर्जा व्यापार र हरित अर्थतन्त्रको को कुुरा गरिरहेका छाँै’, रजिष्टार वाग्लले भने, ‘अहिले जलवायुु परिवर्तन र विश्वव्यापी प्रवृत्ति रहेकाले दक्षिण एसियाको व्यापारलाई न्यायोचित र सन्तुुलित तरिकारले प्रवद्र्धन गर्नुपर्छ ।’

विश्वमा जलवायुु परिर्वतको असरपरेकाले यसलाई न्यूूनीकरण गर्नेतर्फ लाग्नुुपर्ने उहाँको भनाई छ ।

सम्मेलनमा रिसर्च सेन्टर फर इन्टरनेशनल ट्रेड ल एण्ड आरविटेसन इष्टबुुल विलगि युुनिभरसिर्टीका निर्देशक डा. एन पिनर आर्टिरन जलवायुु परिर्वतन र वातावरणनीय दिगोपनतालाई ध्यानमा राखेर नेपालले व्यापारलाई अघि बढाउनुुपर्ने बताए ।

कृषि, पर्यटन, व्यापार पुर्वाधार जस्ता विषयमा अध्ययन अनुसन्धान गर्र्ने वातावरण निर्माण गर्नुुपर्ने उनको भनाई छ ।
सो अवसरमा उद्योग बाणिज्य तथा आपूुर्ति मन्त्रालयका सहसचिव देवराज जोशीले व्यापार र जलवायुु परिर्वतनका क्षेत्रमा रहेका समस्या र चुुनौतीलाई सम्बोधन गरी दिगो व्यापारमा नेपाल अगाडि बढ्नुुपर्ने धारणा राखे ।

जलवायुु परिर्वतन र दिगोपनतालाई लक्षित गरी स्रोतको परिचालन र व्यवस्थापनमा अगाडि बढेका छौँ, जोशीले भने ‘नीति निर्माण र कार्ययोजनामार्फत व्यापार प्रवद्र्धन गर्न अध्ययन अनुुसन्धानले सहयोग पुु¥याउँछ ।’

सम्मेलनमा सहभागि वक्ताहरुले जलवायुु परिर्वतनले व्यापारको दिगोपनमा असर पारिरहेकोले न्यूूनीकरण गर्न आवश्यक परेको बताए । आर्थिक विकासको इन्जिनको रुपमा रहेको व्यापार रहेकाले उत्पादन र उत्पादक्त्व बढाएर प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाई छ । ्

दुुई दिन सम्म चल्ने सम्मेलनमा भारत, चीन, टर्की, बाङ्लादेश, इन्डोनेसिया लगायतका नौ देशका प्रतिनिधिको सहभागिता रहेका छन् । शनिबारदेखि राजधानीको याक एण्ड यती होटेलमा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने छ ।


प्रतिक्रिया दिनुहोस्