कुनै पनि निक्षेपकर्ताले नोक्सानी व्यहोर्नु पर्दैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्ननर महाप्रसाद अधिकारीले कुनैपनि निक्षेपकर्ता रकम डुब्न नदिने बताए ।
राष्ट्रिय वाणिज्य बैंकको ५०औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थामा कहिलेकाँही समस्या आउनु स्वभाविक भएको उनको भनाई छ ।
तर, त्यस्ता समस्या आएको खण्डमा राष्ट्र बैंकले नियमन गरिरहेको बताए । अहिले बैंकहरु समस्यामा छन् भनेर अफवाह फैलाउने काम भइरेहको बताए । तर, हल्लाको पछि नलाग्न समेत अनुरोध गरेका छन् । ‘कुनै बैंक तथा वित्तीय संस्थामा समस्या भयो भने राष्ट्र बैंकले समाधान गर्छ । तर, हल्लाको पछि लाग्नु हुँदैन । कुनै पनि निक्षेपकर्ताले नोक्सानी व्यहोर्नु पर्दैन’, गभर्नर अधिकारीले भने ।