इम्सनको अध्यक्षमा दोहोरिए श्रेष्ठ, महासचिवमा पौडेल, कार्यसमितिमा को-को ? « Arthapath.com
११ माघ २०८१, शुक्रबार

इम्सनको अध्यक्षमा दोहोरिए श्रेष्ठ, महासचिवमा पौडेल, कार्यसमितिमा को-को ?



काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) को अध्यक्ष रामराजा श्रेष्ठ दोहोरिएका छन् ।

शुक्रबार सम्पन्न इम्सनको सातौं वार्षिक साधारण सभाले श्रेष्ठलाई पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । क्षेष्ठ बिजखबर डटकमबाट प्रतिनिधित्व गर्दै संस्थाको अध्यक्षमा चयन भएका हुन् ।

उपाध्यक्षमा लोचन खतिवडा र हिम बिष्ट चयन भएका छन् । खतिवडा इक्वीटी नेपाल डटकम र विष्ट टक्सार म्यागजिनको प्रतिनिधित्व गर्दै उपाध्यक्ष चयन भएका हुन् ।

यस्तै, संस्थाको महासचिवमा भने नारायण पौडेल दोहोरिएका छन् । पौडेल सिंहदरबार डट कमको प्रतिनिधित्व गर्दै पुनः महासचिवमा चयन भएका हुन् ।

सचिवमा अर्थपथ डटकमबाट विष्णु तारुके, कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी, सह–सचिवमा आर्थिक आवाज डटकमका सुरेन्द्र पौडेल चयन भएका छन् ।

संस्थाको सदस्यहरूमा अर्थ संसार डट कमका प्रतिनिधित्व मिलन खड्का, आर्थिक पार्टी डट कमका मदन लामिछाने, मेरो अटो डटकमका उज्ज्वल घिमिरे र हाम्रो अर्थडट कमका दीपक भट्ट सर्वसम्मत चयन भएका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्