कुचो संघको दोस्रो राष्ट्रिय अधिवेशन झापामा हुने « Arthapath.com
२० माघ २०८१, आईतवार

कुचो संघको दोस्रो राष्ट्रिय अधिवेशन झापामा हुने



काठमाडौं । नेपाल कुचो संघको तेस्रो साधारण सभा ललितपुरको गोदावरीमा संघका सभापति राजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कृषि उद्योग केन्द्रका सभापति डि. बी. बस्नेतले कुचो संघले भविष्यमा उठाएका महत्वपूर्ण मुद्दामा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाई र नेपाल अलैची व्यवसायी महासंघका केन्द्रीय सदस्य टंक कट्टेलले कुचो संघले छोटो समयमै व्यवसायी र उद्यमीहरूको समस्यामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सराहना गरे ।

संघका सदस्यहरू शुरेश चौधरी र प्रदीप वाइबाले संघको उद्देश्य र कार्यप्रति आफ्नो विचार व्यक्त गरेका थिए। महासचिव धनपति पोखरेल र कोषाध्यक्ष रुष्मा खतिवडाले आफ्नो–आफ्नो प्रतिवेदन प्रस्तुत गरे जसलाई साधारण सभाले पारित गरेको छ ।

सो अवसरमा ४० वर्षदेखि बिरगञ्जका व्यवसायी राधाकृष्ण शाहलाई संघले सम्मानित गरेको थियो।

संघका अध्यक्ष राजकुमार कार्कीले आगामी संघको गतिविधिहरूको बारेमा जानकारी दिँदै, छिट्टै संघको दोस्रो राष्ट्रिय अधिवेशन झापाको धुलाबारीमा आयोजना गर्ने योजना सार्वजनिक गरे ।


प्रतिक्रिया दिनुहोस्