रवि लामिछानेलाई पठाइयो हिरासत « Arthapath.com
२३ माघ २०८१, बुधबार

रवि लामिछानेलाई पठाइयो हिरासत



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । थुनछेक बहस नसकिएपछि जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई हिरासतमा पठाएको हो।

चिउनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो । जाहेरवाला र प्रतिवालीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो ।

साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै आजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो ।

बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहकाय न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस सकिएको छ ।


प्रतिक्रिया दिनुहोस्