कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते « Arthapath.com
२५ असार २०८२, बुधबार

कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते



काठमाडौं । काठमाडौं कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन्। बिहीबार बिहान कमलपोखरीस्थित सानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट भएको हो।

विस्फोटमा परी १४ जना घाइते छन्। घाइतेमध्ये ११ जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। अन्य तीन जना अस्पताल लैजानु नपर्ने खालका रहेको परिसरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्