यो वर्ष जसरी पनि काठमाडौंमा एउटा आइटी पार्क बनाउछौँ : मन्त्री गुरुङ « Arthapath.com
२४ माघ २०८१, बिहीबार

यो वर्ष जसरी पनि काठमाडौंमा एउटा आइटी पार्क बनाउछौँ : मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्षभित्र आइटि पार्क स्थापना गर्ने बताएका छन् ।

सरकारले डिजीटल नेपाल फेर्म वर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पुर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउदैँ काठमाडौमा यो वर्ष भित्रै आइटि पार्क निर्माण गर्ने प्रतिबद्धता व्यक्ति गरे ।

कम्प्युटर एसोसिएसन महासंघ नेपाल(क्यान महासंघ) ले बिहीबारदेखि काठमाडौंमा आयोजना गरेको ३० औँ क्यान इन्फोटेक–२०२५ को उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले डिजीटल फेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पुर्वाधारहरु तयार पार्नु पर्ने बताए । सूचना प्रविधिको युगमा आइपुग्दा समेत नेपालमा एउटा पनि आइटि पार्क नहुँनु भनेको प्राविधिक हिसाबले पछि पर्नु रहेको बताए । उनले आफु मन्त्रालयको तर्फबाट इन्फास्टकचर, आइटि नीति, एआइ नीति लगायतका भौतिक र कानुनी प्रावधान ल्याउन सक्रिय रहेको जानकारी दिए ।

‘डिजीटल फ्रेमवर्कको उदेश्य पुरा गर्न सूचनाप्रविधिका पुर्वाधारहरु सिर्जना गर्नुपर्छ”, मन्त्री गुरुङले भने,‘यो वर्ष जसरी पनि काठमाडौँमा एउटा आइटि पार्क बनाउछौँ ।’

त्यस्तै, मन्त्री गुरुङले एआइ नीति ल्याउने विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको बताए । साथै यसै वर्ष भित्र ७ सय ५३ पालिकामा फोर जी सबैका घर घर पुर्याउने र फाइभ जि काठमाडौँबाट सुरुमा मन्त्रालय सक्रिय रहेको जानकारी दिए । साउथ एसियामै एआइको नीति बनाउने विषयमा नेपाल पछि परेको अवस्था दर्शाउदै मन्त्री गुङले भने,‘सूचना प्रविधिको भरपुर प्रयोग नगरे अबको समय हामी निकै पछि परिन्छ ।’


प्रतिक्रिया दिनुहोस्