महिला टी-२० आई त्रिकोणीय क्रिकेट: उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेड आर १२५ एफआई हाइब्रिडबाट पुरस्कृत

काठमाडौं । सहभागी तीन राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले प्रस्तुत गरेको रोमाञ्चक प्रदर्शन, दृढ संकल्प र उत्कृष्ट खेल भावनासँगै नेपालमा आयोजित महिला टी-२० आई त्रिकोणीय क्रिकेट शृङ्खला २०२५ सम्पन्न भएको छ । प्रतियोगिताको टाइटल प्रायोजकको रूपमा यामाहा नेपालले शृङ्खलाकी उत्कृष्ट नेपाली खेलाडीलाई उनको योगदानको प्रशंसा स्वरूप ब्रान्ड न्यू यामाहा रेजेड आर १२५ एफ आई हाइब्रिड प्रदान गर्दै नेपाली महिला क्रिकेटको उपलब्धिलाई सम्मान गरेको छ।
फाइनल खेलपछि आयोजित समारोहमा एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पुजा महतोलाईशृंखलामा देखाएको प्रदर्शन, समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गरिन्। यो पुरस्कार नेपाली खेलकुद, विशेषगरी देशमा महिला क्रिकेटको उदयको लागि यामाहाको निरन्तर समर्थनको प्रतीक रहेको कम्पनीले जनाएको छ ।
असाधारण प्रतिभाको पहिचान गर्न र उनलाई पुरस्कृत गर्न पाउँदा सम्मानित अनुभव गरेको कम्पनीले जनाएको छ। यामाहा नेपाल यस यात्राको हिस्सा हुन पाउँदा गर्व गरेको छ । खेलाडीहरूलाई सशक्त बनाउने, खेल भावना जगाउने र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थितिलाई उकास्ने हरेक प्लेटफर्मलाई समर्थन गर्न सधैं प्रतिबद्ध रहेको समेत कम्पनीले जनाएको छ।
यो प्रायोजन र कदरसँगै यामाहा नेपाल मैदानभित्र र बाहिर दुवैमा प्रदर्शन, जोश र दृढताप्रतिको आफ्नो समर्पणलाई सुदृढ पार्दै नेपालको खेलकुद क्षेत्रसँगको आफ्नो सम्बन्ध बलियो बनाउन क्रियाशील रहेको कम्पनीले जनाएको छ।
श्रृंखलाकी सर्वश्रेष्ठ नेपाली खेलाडीलाई प्रस्तुत गरिएको यामाहा रेजेड आर – १२५ एफआई हाइब्रिडयसको उत्कृष्ट इन्धन दक्षता, हल्का तौलयुक्त डिजाइन, हाइब्रिड पावर असिस्ट टेक्नोलोजी र उन्नत सुविधाहरूको लागि परिचित रहेको कम्पनीको दाबि छ ।
एमएडब्लू अन्तर्गतको यामाहा नवीनता, प्रदर्शन र विश्वसनीयताको लागि परिचित नेपालकै अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो। नेपाली बजारमा बलियो उपस्थिति भएको यामाहा खेलकुदलाई समर्थन गर्न, युवाहरूलाई सशक्त बनाउन र विश्वस्तरीय सवारी अनुभवहरू प्रदान गर्न कम्पनीले सधैं प्रतिबद्ध छ।