छैटौँ वार्षिकोत्सव मनाइरहेको ‘एलओडी’, पहिलो दिन श्रीगो र पूर्ण राईको सङ्गीतमा झुमे दर्शक « Arthapath.com
२७ माघ २०८१, आईतवार

छैटौँ वार्षिकोत्सव मनाइरहेको ‘एलओडी’, पहिलो दिन श्रीगो र पूर्ण राईको सङ्गीतमा झुमे दर्शक



काठमाडौं । नेपालकै नम्बर वान क्लब एलओडीले छैठौँ वर्षमा प्रवेश गरेको छ । छैटौं वार्षिकोत्सव क्लबले भव्यताको साथ मनाइरहेको छ ।

क्लब स्थापना भएको ६ वर्ष पुगेको अवसरमा क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाईरहेको छ ।

वार्षिकोत्सवको पहिलो दिन अर्थात् शनिवार साँझ क्लबमा श्रीगो एण्ड द गेन, पूर्ण राई तथा दाजुभाइ र लिसियस डिजेले प्रस्तुति दिएका थिए ।

पहिलो प्रस्तुती श्रीगो एण्ड द गेनले गरेका थिए । श्रीगोले आफ्नो चर्चीत गीत तथा संगीतसँगै नयाँ गीत कमीला पनि गाएका थिए । उनले कमीला गीत शुक्रबार साँझ सार्वजनिक गरेका थिए ।

साथै, दोस्रो प्रस्तुति भने पूर्ण राई तथा दाजुभाइले दिएका थिए । राईले आफ्नो चर्चित गीत सर्पश, कालो सेतो र चर्चीत गीतहरुमा गाएर दर्शक झुमाएका थिए ।

अझै पाँच दिनसम्म स्वदेशी तथा विदेशी चर्चित कलाकारहरुले आफ्ना दमदार प्रस्तुतिहरु दिने क्लबका निर्देशक भूपेन कुँवरले बताए । उनका अनुसार क्लबले दर्शकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर फरक अनुभूति दिन लागिएको हो ।
‘रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षित गराएको छ’, उनले भने, ‘हामीले क्लब स्थापना गरेसँगै राष्ट्रको नाम राखेका छौँ । विभिन्न मुलुकका कलाकार यहाँ प्रस्तुति दिन आउँछन् । अहिले विभिन्न मुलुकले क्लबकै कारण नाम थाहा पाएका छन् ।’

२८ फागुन १, २ ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो । २८ गते कुमासागर एण्ड द ख्वापले प्रस्तुती गर्नेछन् । साथै फागुनको १, २, ८ र ९ गते भने क्रमशः समिर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुती दिने भएका छन् ।

एलओडी क्लब लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका १०० उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।


प्रतिक्रिया दिनुहोस्