नागरिक लगानी कोष र एलसी इनर्जीबीच सेयर प्रत्याभूति गर्ने सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र एलसी इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताको अवधि हस्ताक्षर भएको मितिदेखि ६ महिनासम्म रहने छ ।
एलसी इनर्जीले प्रतिसेयर १०० रुपैयाँका दरले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ ।