टीसीएल नेपालको डिलर मिट : पश्चिमका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउँदै « Arthapath.com
२८ फाल्गुन २०८१, बुधबार

टीसीएल नेपालको डिलर मिट : पश्चिमका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउँदै



काठमाडौं । टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा एक महत्त्वपूर्ण डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा नवीनतम उत्पादनहरूको प्रदर्शनी, बजार प्रवृत्तिहरूको विश्लेषण, र डिलरहरूसँग दीर्घकालीन साझेदारीको रणनीतिहरू छलफल गरिएको थियो।

कार्यक्रममा टीसीएल नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरूबारे विस्तृत प्रस्तुती दिएका थिए । पश्चिम नेपालका डिलरहरूले पनि व्यावसायिक अनुभव, चुनौतीहरू र अवसरहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सक्रिय सहभागीता जनाएका थिए ।

प्रदर्शनीमा प्रदर्शित उत्पादनहरू टेलिभिजन, रेसिडेन्टल एयर कन्डिनसर, वासिल मेसिन, रेफ्रीजेनेटर, क्यासेट एसी, साउन्डवार, वाटर डिस्पेन्सर, एलइडी टिभीहरुको फोके रिजोल्इुशन, इन्भर्टर एयर कन्डिसनरको उर्जा–सक्षम प्रविधि र अन्य उत्पादनहरूको उच्च गुणस्तरीय विशेषताहरूबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा नेपालका व्यापार इकाई प्रमुख धर्मेन्द्र जोशीले भने, ‘यो मिटले पश्चिम नेपालमा हाम्रो डिलर नेटवर्क र ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने ऐतिहासिक पहल हो। हामीले यहाँका साझेदारहरूको विश्वास र समर्थनलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएका छौं। ’

टीसीएल नेपालले डिलरहरूलाई प्राविधिक प्रशिक्षण, विपणन सहयोग, र गुणस्तरीय सेवा प्रवाह जारी राख्ने बताएको छ।
टीसीएल अग्रणी विश्वव्यापी प्रविधि कम्पनी हो, जसमा टिभी, अडियो, स्मार्ट घरेलु उपकरण र एयर कन्डिसनरहरू सहित उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरूको विस्तृत श्रृंखला छ । टीसीएल मानिसहरूको जीवनलाई बढावा दिने नवीन र उच्च–गुणस्तरका उत्पादनहरू प्रदान गर्न प्रतिबद्ध छ ।


प्रतिक्रिया दिनुहोस्