हिमालयन ब्रोकरेज कम्पनी र आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर बिच सम्झौता

काठमाडौं । हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर÷ब्लोशम व्युटि क्लिनिक बिच सम्झौता भएको छ ।
ब्रोकर सम्बन्धि कार्यलाई गाउँगाउँसम्म विस्तार गर्ने लक्ष्य सहित छुट सम्बन्धि सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा ब्रोकरका तर्फबाट सहायक महाप्रवन्धक रामचन्द्र रिमाल र व्युटि सेन्टरका तर्फबाट संस्थापक शोभा अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार आईटिसि व्युटि पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम व्युटि क्लिनिक) बाट सेवा लिदैँ आएका ग्राहकहरुलाई हिमालयन ब्रोकरेजमा डिम्याट खाता खोल्दा ५० प्रतिशत सम्म छुट दिईने सहायक महाप्रवन्धक रामचन्द्र रिमालले बताए ।
हिमालयन ब्रोकरेजमा डिम्याट खाता खोलेका ग्राहकहरुलाई व्युटि सम्बन्धी कोर्ष तथा पार्लरसँग सम्बन्धित सेवाहरुमा ३० प्रतिशतसम्म छुट पाउनेछन् ।