सिटिजन्स बैंकको अगुवाईमा नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजनाको वित्तव्यवस्थापन « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

सिटिजन्स बैंकको अगुवाईमा नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजनाको वित्तव्यवस्थापन




काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा माछापुच्छे बैंक सहित २ बैंकहरुले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ ।

चैत्र १० गते आइतबारको दिन प्रवर्द्धक कम्पनी उपाय वयरहाउजिङ्ग प्रा. लि. एवं लगानीकर्ता बैंकहरु बिच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा व्यवस्थापन भएको छ । उक्त परियोजना बाग्मती प्रदेश, काभ्रेपलान्चोक जिल्ला, बनेपा नगरपालिका, नासीका स्थान सांगामा निर्माण हुनेछ ।


परियोजनाको अनुमानित लागत करीब १ अर्ब २० करोड ७ लाख मध्ये बैंकहरुले ८५ करोड बराबरको आवधिक कर्जा निर्माण अवधिको व्याज बाहेक बढीमा ८०ः२० को ऋण स्वपुंजी रहने गरि लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैक इन्टरनेसनलबाट ६० करोड आवधिक कर्जा ५० करोड, बैंक ग्यारेण्टी सुविधा ५ करोड र क्यास क्रेडिड कर्जा ५ करोड र माछापुच्छे बैंक बाट ३५ करोड आवधिक कर्जा लगानी हुनेछ। भने बांकी स्वपुंजी प्रवर्द्धकहरुबाट जुटाइने छ । परियोजना आगामी दुई वर्ष भित्र निर्माण सम्पन्न गरी भण्डारण सेवा प्रदान गर्ने लक्ष्य रहेको छ ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकाल देखिनै एकल लगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जा मार्फत जलविद्युत, हरित उर्जा, अस्पताल, उत्पादन तथा अन्य क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको छ।

प्रवर्द्धक कम्पनी उपाय वयरहाउजिङ्ग प्रा. लि. का तर्फबाट अध्यक्ष सुमन रायमाझीले आगामी दुई वर्ष भित्र परियोजना निर्माण सम्पन्न गरी तेस्रो पक्ष भण्डारण सेवा, प्याकेजिङ सेवा, कार्यालय सामाग्रीको आपुर्ती तथा प्रबन्ध सेवा, लेवालिङ सेवा, ढुवानी सेवा तथा अन्य सम्पुर्ण सेवाहरु प्रदान गरिनेछ । कम्पनीले आवश्यक सरकारी सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरेर आयोजना निर्माण शुरु गरि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ वटा जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटिएम ३, विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्