यस्ताे छ आजकाे सुनचाँदीकाे बजारभाउ

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको तोलाको १ लाख ७३ हजार ५ सय रुपैयाँमा कायम भएको छ । यसअघि मंगलबार छापावाला सुनको मूल्य १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको चाँदी आज १ हजार ९ सय ९० रुपैयाँमा कारोकार भइरहेको छ ।