सेयर बजारमा उत्साह, काराेबार रकम भने घट्याे

काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ३९ दशमलव १३ प्रतिशतले बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १.५१ प्रतिशतले बढेर २६ सय २१ दशमलव ८६ बिन्दुमा पुगेको छ।
यसदिन कारोबार रकम भने घटेको छ । मंगलबार १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज ९१ लाख ४२ हजार ९ सय ४१ कित्ता सेयर ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छ ।
आज सबै समुहमा हरियाली छाउँदा अन्य समुह २.२८, जिवन बिमा समुह २.१४ प्रतिशतले बढेका छन् । यस्तै आज फाइनान्स समुह १.८८, होटल तथा टुरिजम समुह १. ८१, जलविद्युत समुह १.८१, निर्जिवन बिमा समुह १.७९, लगानी समुह १.६७, माइक्रोफाइनान्स समुह १.४३, बिकास बैंक समुह १.२७, बैंकिङ समुह १.२० प्रतिशतले बढेको छन् ।
आज माउन्टेन हाइड्रो एण्ड जेनरल कन्स्ट्रक्शन, स्वेत गंगा हाइड्राेपावर एण्ड कन्स्ट्रक्शन, मनकामना इन्जिनियरिङ हाइड्राेपावरको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको छ । यस्तै उपकार लघुवित्तको सेयर मूल्य ७.०९ र नारायणी विकास बैंक ५.०४ प्रतिशतले घटेको छ ।