पोखरामा सीजी मोटर्सको भव्य प्रवेशः वाडा अटो शोमा रिडारा फोर डब्लु डी, सीजी केवाइसी नयाँ भर्सन र आयोन भीको भव्य अनावरण « Arthapath.com
१५ चैत्र २०८१, शुक्रबार

पोखरामा सीजी मोटर्सको भव्य प्रवेशः वाडा अटो शोमा रिडारा फोर डब्लु डी, सीजी केवाइसी नयाँ भर्सन र आयोन भीको भव्य अनावरण



काठमाडौं । पोखराले ऐतिहासिक अटोमोटिभ क्षण अनुभव गर्यो, जब पहिलो पटक वाडा अटो शो २०२५ पोखरामा आयोजना भयो। यो कार्यक्रम नेपालको विद्युतीय सवारी साधन बजारमा एक महत्वपूर्ण कोसेढुंगा सावित भएको छ।

पोखरा महानगरपालिकाका सम्माननीय मेयर धनराज आचार्यद्वारा उद्घाटन गरिएको यस भव्य समारोहमा सीजी मोटर्सले आफ्ना तीन प्रमुख ईभी मोडेलहरू ( रिडारा फोर डब्लु डी र सीजी केवाइसी) को नयाँ भर्सन र आयोन भीकाे आधिकारिक रूपमा सार्वजनिक अनावरण गर्यो।

आयोन तथा एक्स पेङ्ग ब्रान्डका लागि रेज मोटर्स पोखराको आधिकारिक च्यानल पार्टनर हो भने टीटी ग्लाेबल्सले रिडारा, सीजी केवाइसी ईभी भ्यान तथा सीजस्अ माेटर्स अन्तर्गतका अन्य ब्रान्डहरू पोखरामा प्रतिनिधित्व गरिरहेको छ।

रिडारा फाेर डब्लु डी: नेपालको पहिलो १००% विद्युतीय पिकअप प्लेटफर्म नेपालको पहिलो १००५ विद्युतीय पिकअप प्लेटफर्म

रिडारा केवल गाडी होइन, यो नेपालको ईभी यात्रा भित्र एउटा नयाँ युगको सुरुवात हो। देशकै पहिलो १००५ विद्युतीय पिकअप प्लेटफर्मको रूपमा, यसको ४ डब्लु डी संस्करणले ७३ किलाेवाट ब्याट्रीसहित ४२४ किमीको रेन्ज, ९५५ ग्रेडएबिलिटी, र २२५ मिमी ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ। एलइडी टेललाइट, विशेष रिडारा फ्रन्ट ग्रिल, सात प्रिमियम बाह्य रंग र तीन आन्तरिक थिमहरूले यसको डिजाइनलाई शक्तिशाली र स्टाइलिस बनाउँछ।

यसमा विद्युतीय सनशेडसहितको प्यानोरामिक सनरूफ, अगाडि र पछाडिका भेन्टिलेटेड लेदर सिटहरू, र चारै पांग्रामा स्वतन्त्र सस्पेन्सन छन्। सुरक्षाका लागि ६ एयरब्याग, ५४० डिग्री सराउन्ड क्यामेरा, एडीएएस लेवल २ र १५ उन्नत ड्राइभिङ्ग फिचरहरू (ACC, AEB, BSD, FDA, RCW, LKA) उपलब्ध छन्। ३०प्रतिशत- ८० प्रतिशत चार्ज कम्तीमा ३० मिनेटमा हुने र्‍यापिड चार्जिङ प्रणाली, र ६ किलाेवाट पावर आउटलेट सहितको ट्रक बेडले यसलाई अझ व्यावहारिक बनाएको छ। रिडारा नेपालमा जीवि /टी चार्जिङ पोर्टसहित उपलब्ध छ।

केवाइसी नयाँ भर्सनः नेपालको सर्वाधिक बिक्री हुने ईभी, अब झन् उत्कृष्ट

सीजी केवाइसी ईभी अहिले वेसीक रफुल भर्जनमा उपलब्ध छ, जसले बहुउद्देश्यीय प्रयोग र आरामलाई नयाँ उचाइमा पुर्याएको छ। ५० किलाेवाट मोटर, २७५ किमी रेन्ज, ३८.६४ किलाेवाट ब्याट्री, र ११ सिट क्षमता सहित, यो व्यावसायिक प्रयोजनका लागि अत्यन्त उपयुक्त ईभी भ्यान हो।

फुल भर्सनमा थप गरिएको विशेषताहरूमा इपिएस, पावर विन्डोज, सेन्ट्रल लकिङ्ग, एम्पी ५ सिस्टमसहितको रियर भ्यू क्यामेरा, डुअल एसी, डुअल एयरब्याग, एलुमिनियम फ्लोरिङ्ग, मजबुत शक अब्सोर्बर, र चार्जिङ गन समावेश छन्। यो मोडेलले आफ्नो पहिचानलाई नेपालकै सबैभन्दा बढी बिक्री हुने ईभी भ्यानको रूपमा अझ बलियो बनाएको छ। सीजी केवाइसी पनि जीबी/टी चार्जिङ पोर्टसहित उपलब्ध छ, जुन सीजी माेटर्स अन्तर्गत नेपालको सबैभन्दा उच्च स्तरको चार्जिङ कम्प्याटिबिलिटी हो।

आयोन भीः विलासिता र प्रदर्शनको उत्कर्ष

रेज माेटर्स मार्फत पोखरामा बिक्री वितरण सुरु गरिएको आयोन भीले प्रिमियम ईभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गरेको छ। यो गाडी इलाइट (५२० किमी रेन्ज) रलक्जरी (६५० किमी रेन्ज) भर्सनमा उपलब्ध छ। लक्जरी संस्करणमा ८-प्वाइन्ट मसाज सिटहरू (ड्राइभर र अगाडि यात्रुका लागि) र इन-बिल्ट रेफ्रिजेरेटर जस्ता सेग्मेन्टमै पहिलो सुविधाहरू रहेका छन्।

यसमा इलाइट भर्सनमा ६४.५ किलाेवाट ब्याट्री रलक्जरी भर्सनमा ७५.२६ किलाेवाट ब्याट्री रहेको छ। साथै, १७५ मिमी ग्राउन्ड क्लियरेन्सले यसलाई नेपाली सडकका लागि सशक्त बनाएको छ। आयोन भीले विलासिता, आराम र प्रदर्शनलाई एकसाथ ल्याउँदै ईभी यात्रा पुनः परिभाषित गर्छ।

सीजी चार्जिङ नेटवर्क र डब्लुएडीए अटो शोमा विशेष अफरहरू

सीजी माेटर्सले हालसम्म २६०ं चार्जिङ स्टेशनहरू नेपालभर सञ्चालनमा ल्याइसकेको छ, जसले सम्पूर्ण ग्राहकलाई सुविधा, पहुँच र भरपर्दो ईभी यात्रा सुनिश्चित गर्छ। अझ रमाइलो कुरा, वाडा अटाे साे २०२५ मा रहेको सीजी प्याभिलियनमा विशेष अफरहरू, एक्सचेञ्ज सुविधा, र शो-विशेष छुटहरू उपलब्ध छन्। इच्छुक ग्राहकहरूले थप जानकारीका लागि सीजी प्याभिलियनमा सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।।


प्रतिक्रिया दिनुहोस्