काठमाडौंको सडकमा नेपाली सेना परिचालन, प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक « Arthapath.com
१५ चैत्र २०८१, शुक्रबार

काठमाडौंको सडकमा नेपाली सेना परिचालन, प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजसंस्था फर्काउने आन्दोलन हिंसात्मक बनेसँगै काठमाडौंका विभिन्न ५ ठाउँमा कर्फ्यु जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारीपछि यस क्षेत्रमा सेना परिचालन भएको छ । काठमाडौंको तीनकुने, बालकुमारी लगायत क्षेत्रमा नेपाली सेनाको टोली खटिएको छ ।

प्रशासनले शुक्रबार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गिरसकेको छ ।

यसैबीच प्रदर्शन हिसांत्मक बनेको यस अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्दै छ ।

तीनकुने क्षेत्रबाट ससरू भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि भएका राजावादीहरूले राजधानीका विभिन्न स्थानमा सार्वजनिक सवारीसाधन र निजी सम्पत्तिमा आगजनी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्