दराजद्वारा ‘नव वर्ष उत्सव’ २०८२ घोषणा, आकर्षक छुट तथा अफरहरू दिइने « Arthapath.com
१७ चैत्र २०८१, आईतवार

दराजद्वारा ‘नव वर्ष उत्सव’ २०८२ घोषणा, आकर्षक छुट तथा अफरहरू दिइने



काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ४.४, नव वर्ष उत्सवको घोषणा गरेको छ। ७० प्रतिशतसम्म छुट सहितको आश्चर्यजनक फ्ल्याश सेल, १ करोड बराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा सहित, ४.४ सेल २०८१ चैत २२, बाट सुरु भई ( २०८१ चैत ३१ ) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको हाे ।

सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । उत्सव अवधि भर, ग्राहकहरूले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स—एज, ब्ल्याकशार्क लगायत साझेदार ब्रान्डहरू मार्फत ७० प्रतिशतसम्मको छुटमा उत्पादनहरू किन्न मिल्ने छ । सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शन विशेषरुपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

४.४ सेल अवधि भर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरुका लागि रु. ७५० सम्मको छुट सुविा उपलब्ध गराउने छ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरी नौ ओटा बैंकहरूसँग सहकार्य गरेको छ ।

किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५ प्रतिशत ७५० सम्म छुटपनि प्राप्त गर्न हुनेछ । त्यसैगरी, डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले १० प्रतिशत ५०० सम्मकाे छुट प्राप्त गर्न सकिनेछ । यसैगरी, ग्राहकहरूका लागि ४४, रू ४ सय ४४, र रु. ४हजार ४ सय ४४ को आकर्षक डिलहरू पनि उपलब्ध हुने दराजले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

साथै, रु. ९९, रु. ३९९, रु. ९९९, र रु. १,९९९ को छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न पाइनेछ । ४.४ नव वर्ष उत्सवको अवधि भर, कम्तीमा रु. ५ हजार बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले २९ हजार ९ सय ९९ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाइनेछ । त्यस्तै चारजना भाग्यशाली ग्राहकहरूले १० हजार ३०० बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्न कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्