पूर्वराजा ज्ञानेन्द्रले बुझेनन् महानगरको जरिवाना पत्र, गेटबाटै फर्काइए टोली

काठमााडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली जरिवाना पत्र बोकेर निर्मल निवास गेटमा पुगेको थियो ।
राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।