आज पनि उच्च अंकले बढ्यो सेयर बजार, कारोबार रकम साढे ७ अर्ब माथि

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ३२.२४ अंकले बढेको छ । आज लगातार तेस्रो दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको हो ।
गत बुधबार ३९.१३ अंकले बढेको नेप्से परिसूचक बिहिबार पनि ४१.४३ अंकले बढेको थियो ।
यस दिन १.२१ प्रतिशतले बढेको सेयर बजार २६ सय ९५ दशमलव २४ बिन्दुमा पुगेको छ। आज म्युचिअल फण्डबाहेक सबै उपसूचाङ्कहरु बढेका छन् ।
यस्तै यसदिन कारोबार रकममा पनि सुधार आएको छ । आज ३२३ कम्पनीको १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रूपैयाँमा कारोबार भएको छ ।
आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.९४ प्रतिशतले बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनी र कुमारी सबल योजनाको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरै बढेको छ । यस्तै आज प्रभु स्मार्ट फण्डको सेयर मूल्य ५.७९ प्रतिशतले घटेको छ ।