सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम, आज प्रतितोला ११ सय रूपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा लगातार बढेको सुनको मूल्यले सोमबार पुन नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । आइतबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि तोलमा १० रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।