सुनकाे मूल्य १ लाख ८० हजार नजिक « Arthapath.com
१९ चैत्र २०८१, मंगलवार

सुनकाे मूल्य १ लाख ८० हजार नजिक



काठमाडाैं । मंगलबार पनि नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । साेमबार प्रतिताेला ११ सय रूपैयाँले बढेकाे सुनकाे मूल्य मंगलबार फेरी १ हजार ८०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे १ लाख ७९ हजार ७०० रूपैयाँ निर्धारण भएकाे छ ।हिजाे छापावाचल सुन प्रतिताेला १ लाख ७७ हजार ९ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

यता आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । चाँदी आज साेमबारकै मूल्य २ हजार ३५ रुपैयाँमा काराेबार भइरहेकाे छ।

आज अन्तर्राष्ट्रिय बजारमा सनुको भाउ प्रति आउन्स ३ हजार १४५ अमेरिकी डलरसम्म पुगेको छ।


प्रतिक्रिया दिनुहोस्