तीनकुने घटना : सविन महर्जनको पोस्टमार्टम रिपोर्टमा के देखियो ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

तीनकुने घटना : सविन महर्जनको पोस्टमार्टम रिपोर्टमा के देखियो ?



काठमाडौं । १५ चैतमा तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । त्रिवि शिक्षण अस्पतालमा आज भएको पोस्टमार्टम रिपोर्टअनुसार उनको शरीरमा एक गोली लागेको देखिएको छ।

उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको स्रोतले जनाएको छ ।

पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्