नेपाल र थाइल्याण्डबीच पर्यटन, संस्कृति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणको क्रममा नेपाल र थाइल्याण्डबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ ।
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्राको उपस्थितिमा भएको संझौतामा पर्यटन र संस्कृतिदेखि स्वास्थ्य, शिक्षा र वाणिज्य व्यापारसम्मका क्षेत्र समेटिएका छन् ।
नेपालमा तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, थाइल्याण्डका तर्फबाट संस्कृतिमन्त्री सुदावान सुफाजीकिज्कोसल र पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यसैगरी दुई देशका प्रधानमन्त्रीका उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा विभिन्न समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो ।