बक्यौता रकम उठाउन खोज्दा पदबाट हटाइयो : कुलमान घिसिङ « Arthapath.com
२२ चैत्र २०८१, शुक्रबार

बक्यौता रकम उठाउन खोज्दा पदबाट हटाइयो : कुलमान घिसिङ



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको बताएका छन् । सर्वोच्च अदालतले पुनर्बहाली गर्न अस्विकार गरेको भोलीपल्ट राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

उनका अनुसार डेडिकेटेड र ट्रंक लाइनको  बक्यौता महशुल उठाउन खोज्नु नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको जनाउँदै उनले बक्यौता नउठाउने गरी आएका दबाब र आग्रहलाई स्वीकार नगर्दा पदबाट हट्नुपर्ने अवस्था आएको जनाएका हुन् ।

‘बक्यौता रकम नउठाउने गरी आएका दबाब र आग्रहलाई मेरो कर्तव्यले स्वीकार गर्न सकेन। संस्था र राज्यप्रति घात गर्न मेरो नैतिकताले दिएन,’ उनले भने, ‘यसकारण बक्यौता उठाउने मेरो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो।’
 


प्रतिक्रिया दिनुहोस्