कन्य च्याउ मूल्य प्रतिकिलो २० रुपैयाँले बढ्यो, अन्य तरकारीको मूल्य कति ?

काठमाडौँ । तरकारी तथा फलफूल बजार समितिले आज सोमबार कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
आज कालिमाटी बजारमा कन्य च्याउ २० रुपैयाले बढेको छ । कन्य च्याउ आइतबार प्रतिकेजी २१६ रुपैयाँ थोक मूल्य रहेको च्याउ आज २० रुपैयाले बढेर २३६ रुपैयाँ थोक मूल्यमा किनबेच भइरहेको छ ।
यस्तै भिण्डी १५ रुपैयाँले बढेर १२५ रुपैयाँ थोक मूल्यमा किनबेच भइरहेको छ । आइतबार प्रतिकिलो ५१ रुपैयाँ रहेको काउलीको आज १० रुपैयाँले बढेर प्रतिकेजी ६५ रुपैयाँ थोक मूल्यमा बिक्री भरहेको छ।
भेडे खुर्सोनी ५ रुपैयाँले घटेर प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भरहेको छ भने हरियो लसुन १० रुपैयाँले बढेर ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै, सेतो हाइब्रीड मुला प्रतिकेजी रु.२५, हाइब्रीड घिउ सिमि प्रतिकेजी रु. ८५, सलगम प्रतिकेजी रु.६५, कुरीलो प्रतिकेजी रु.४६६, कोइरालो प्रतिकेजी रु.२१०, सौफको साग प्रतिकेजी रु.८५, पुदीना प्रतिकेजी रु.३०० रुपैयाँमा बिक्री भइरहेको छ ।
यस्तै, केरा (दर्जन) प्रतिकेजी रू. १५०, हरियाे तरभुजा प्रतिकेजी ६५, जुनार प्रतिकेजी १९०, अम्बा प्रतिकेजी ११० र भारतीय मेवा प्रतिकेजी ११० रूपैयाँमा बिक्री भइरहेकाे छ ।