नेपालको आर्थिक कुटनीतिक कमजोर, पराम्परागत शैली कहिलेसम्म ? « Arthapath.com
२६ चैत्र २०८१, मंगलवार

नेपालको आर्थिक कुटनीतिक कमजोर, पराम्परागत शैली कहिलेसम्म ?



काठमाडौं । सरोकारवाला वक्ताहरुले नेपालको समृद्धिका लागि विदेशी लगानी चाहिएको बताउँदै त्यसका लागि आर्थिक कुटनीतिक पनि उत्तिकै महत्वपूर्ण भएको बताएका छन् ।

विदेशी लगानी तथा प्रविधि भित्र्याउन आर्थिक कुटनीतिक आवश्यक भएतापनि नेपालको आर्थिक कुटनीतिक कम्जोर भएको उनीहरुको भनाइ छ ।

फरेन अफेयरर्स मिडिया र ब्राण्डवर्थ प्राइभेट लिमिटेडले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको पहिलो संस्करणको हिमालयन डाइलग कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । ‘नेपालको समृद्धिको बाटोः आर्थिक कूटनीतिको अन्वेषण’ बिषयक शत्रका व्यक्ताहरुले यस्तो बताएका हुन् ।

राष्ट्रिय योजना आयोगको पुर्व उपाध्यक्ष विश्वनाथ पौडेलले नेपालको आर्थिक कुटनीतिक अझै पनि पराम्परागत शैलीमा अघि बढेको बताए, त्यो पनि नगन्य मात्रामा भएको उनी बताउँछन् ।

यसैगरि अब नेपाललाई प्राविधिक सहयोग सहितको विदेशी ऋण तथा अनुदान चाहिने उनको भनाइ छ । अहिले नेपालसँग उच्च विदेशी मुद्रा भएकाले समृद्धिका लागि ठुलो आधार बनेको पनि उनले बताए ।

यसैगरि नेपालले छलफल गरेर पराराष्ट्र नीति राम्रो ल्याउनुपर्ने बताए । समग्रमा आर्थिक विकासका लागि आर्थिक कुटनीतिक अपरिहार्य रहेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कुटनीतिक कम्जोर भएको बताए । मुलुकको समृद्धिको आर्थिक कुटनीतिक बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

‘विदेशी मुलुकले बिभिन्न मुलुकमा राजदुत पठाउँदा विदेशी लगानी भित्र्याने, निर्यात बढाउने लगायतका लक्ष्य नै तोकिदिन्छन् । राजदुतलाई जुन मुलुकमा पठाउन लागेको हो, त्यही मुलुकलाई केन्द्रीत गरेर बिभिन्न लक्ष्य निर्धारण गरिन्छ । त्यसले नतिजा निकाल्ने गरेको पनि छ । यसरी विदेशी मुलुकले आर्थिक कुटनीतिकलाई प्राथमिकतामा राखेका छन्,’ उनले भने, ‘तर, नेपालमा त्यस्तो देखिएन । केही बर्ष यता राजदुतलाई लक्ष्य तोक्ने त गरिएको छ । तर, त्यसको नजिता देखिन बाँकी छ । तर, नेपालको आर्थिक कुटनीतिक पराम्परागत नै छ ।’

यसैगरि परराष्ट्र मन्त्रालयका सह सचिव कुमार राज खरेल मुलुक अनुसार फरक–फरक आर्थिक कुटनीतिक सम्बन्धी नीति ल्याएको बताए । ‘खाडी मुलुकसँग श्रम सम्बन्धी आर्थिक कुटनीति ल्याएका छौं । अन्य मुलुकसँग सोही मुलुकको विशेषताअनुसार आर्थिक कुटनीतिकको नीति ल्याएका छौं,’ उनले भने, ‘तर, यो सरकारको निकायबाट मात्रै आर्थिक कुटनीतिक विस्तार गर्न सम्भव छैन । निजी क्षेत्रको सहयोगको आवश्यक पनि छ । यसमा हामी निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं ।’ यसलाई निजी क्षेत्र र सरकारको साँझा मिसनको रुपमा लिनुपर्ने उनको भनाइ छ । साथै, नेपालले सेवा र प्रविधिको निर्यातमा पनि जोड दिनुपर्ने उनले बताए ।

यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार तथा पुर्व अर्थमन्त्री डा. युवाराज खतिवडाले मुुलुकका समृद्धिका लागि आर्थिक कुनटीतिक महत्वपूर्ण भएको बताए । ‘जब चरम गरिब अन्त्य हुन्छ । त्यहाँबाट समृद्धि सुरु हुन्छ । त्यसका लागि विश्वव्यापी प्रयास भएका छन् । समृद्धिका लागि विदेशसँग व्यापार गर्नुपर्छ ।

साथै, प्राविधिक सहयोग र लगानी पनि चाहिन्छ,’ उनले भने, ‘आर्थिक कुटनीतिकका सवालमा सरकार–सरकार (जीटुटी), निजी क्षेत्र–निजी क्षेत्र (बिटुबी) र सरकार–निजी क्षेत्र (जीटुबी) मोडलमा जान सकिन्छ । आर्थिक कुटनीतिकको बिषय परराष्ट्र मन्त्रालयबाट मात्रै सम्भव हुदैन । निजी क्षेत्र लगायतका सरोकारवालाले पनि यसमा भुमिका निर्वाह गर्न सकिन्छ ।’

अब नेपालले ट्रेड र लगानीको बातावरण बनाउन आर्थिक कुटनीतिकको प्रयोग गर्नुपर्ने उनको भनाइ छ । आर्थिक कुटनीतिकमा राष्ट्रिय सुरक्षा र हितको रक्षागरि अघि बढ्नुपर्ने उनले बताए । जलवायु कुटनीतिकमा पनि नेपाल अघि बढ्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्