सिचुवान एयरलाइन्सकाे आन्तरिक उडान मौसम प्रतिकुलका कारण स्थगित « Arthapath.com
२६ चैत्र २०८१, मंगलवार

सिचुवान एयरलाइन्सकाे आन्तरिक उडान मौसम प्रतिकुलका कारण स्थगित



काठमाडौं । केहि साता देखी निकै वायु प्रदशर्न भइरहेकाे कारण सिचुवान एयरलाइन्सले छेङदुबाट उडान गर्ने भनिएको जहाज मंगलबार मौसम प्रतिकुलका कारण स्थगित भएको छ ।

उक्त सिचुवानको जहाज मंगलबार दिउसो १ बजे पोखरामा अवतरण गराउने निर्णय भएको थियो तर, बाक्लो तुवालका कारण मौसम नखुलेको कारणले उक्त जहाज अवतरण गर्ने नसकिएको विमानस्थलकि प्रवक्ता जशोदा सुवेदिले बताएकि हुन् ।

सो कम्पनिको जहाजमा पाेखरा जाने यात्रुको संख्या १२६ रहेको थियो, मौसम नखुलेको कारणले पोखरामा आन्तरिक उडान बन्द गरिएको हो ।

आन्तरिक उडान मङगलबार ११ बजेबाट पुनः सञ्चालनमा आएको हो तर, मौसम भने निकै खराब भएको कारणले उडानहरू रोकिने सम्भावना भने धेरै रहेको प्रवक्ता सुवेदिले जानकारी दिएकि छिन्।


प्रतिक्रिया दिनुहोस्