रवि लामिछाने माथि ज्यादती गरेको भन्दै रास्वपाले गर्याे विरोध « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

रवि लामिछाने माथि ज्यादती गरेको भन्दै रास्वपाले गर्याे विरोध



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेको मानव अधिकार हनन् गराएको भन्दै रास्वपाले राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

लामिछाने माथि ज्यादती गरेको भन्दै आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु बुधबार बिहान आयोगको कार्यालयमा पुगेर उनीहरुले लामिछानेको मानव अधिकार रक्षाकालागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

लामिछाने माथि सहकारीको रकम ठगेको आरोपमा उनलाइ चैत्र २२ गते शुक्रबार उच्च अदालतले थुनामा राख्न आदेश गरेको थियो । जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो । 

उक्त आरोपमा लामिछानेलाइ विना नियन्त्रण उनिमाथि ज्यादती गरेको हो भन्दै रास्वपाले विरोध गरेर बुधबार बिहान मानव अधिकार आयोग पुगेर उनिमाथि भएकाे अन्यायकाे विरूद्ध विराेध गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्