रवि कारागार चलान भएपश्चात रास्वपाकाे बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ। बैठक अहिले केन्द्रीय कार्यालय बनस्थलीमा बसेको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा विभिन्न अदालतमा मुद्दा खेपिरहेका सभापति रवि लामिछाने ठगिको आरोपका लागि कारागार चलान भएपछि बुधबार सचिवालय पहिलो पटक बैठक बसेको हो।
बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल हुने एजेण्डा तय गरिएको छ। जसअनुसार अघिल्लो बैठकको समीक्षा, पार्टीका हालसम्मका गतिविधि तथा समसामयिक राजनीतिक घटनाक्रममाथि चर्चा हुनेछ।
त्यस्तै, पार्टीको अधिवेशन सम्बन्धी तयारी, जनयात्रा कार्यक्रम र प्रदेश हेर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारीबारे पनि विस्तृत छलफल हुने जनाइएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामै राख्न आदेश दिएपछि पूर्वगृहमन्त्री लामिछाने चैत २२ गते काठमाडौँस्थित निवासबाटै पक्राउ परेका थिए भने चैत २५ गते जिल्ला अदालत रुपन्देहीमा पेस गरी लामिछानेलाइ थुनुवा पुर्जी लिएर कारागार चलान गरिसकेको छ ।