आज कालिमाटी फलफूल तथा तरकारी बजारको थोक मूल्य कति ?

काठमाडौं । कालिमाटि तथा फलफूल बजार विकास समितिले बिहिबारको लागि कृषि तथा उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
भारतिय ठूलोगोलभेडा प्रतिकेजी ४५ रुपैयाँ, रातो आलु प्रतिकेजी ३२.६७ रुपैयाँ, सुकेको प्याज प्रतिकेजी ४२ रुपैयाँ, स्थानिय काउली प्रतिकेजी २७.६७ रुपैयाँ तने बोडि प्रतिकेजी ६८.७५रुपैयाँ, तितेकरेला प्रतिकेजी ८५ रुपैयाँ र भिण्डी प्रतिकेजी ७५ रुपैयाँ थोक मूल्य तोकिएको छ ।
यसैगरी रायो साग प्रतिकेजी ५५, तोरीको साग प्रतिकेजी ३५, हरियो प्याज प्रतिकेजी ३५रुपैयाँ, चमसुरको साग प्रतिकेजी ९५ रुपैयाँ र मेथिको साग प्रतिकेजी ८५ रुपैयाँ थोक मूल्य तोकिएको छ ।
स्याउ झोले प्रतिकेजी २४० रुपैयाँ, फूजी स्याउ प्रतिकेजी ३२६ रुपैयाँ, केरा दर्जन १५० रुपैयाँ, अनार प्रतिकेजी ३२६ रुपैयाँ, कालो अंगुर प्रतिकेजी २४० रुपैयाँ, भारतीय मेवा प्रतिकेजी ११० रुपैयाँ, अम्बा प्रतिकेजी ११० रुपैयाँ, आभोकाडा प्रतिकेजी ६२६ रुपैयाँ, किवि प्रतिकेजी ४२६ रुपैयाँ थोक मूल्य रहेको छ ।
यस्तै ताजा माछा (रहु) प्रतिकेजी ३१० रुपैयाँ, (बचुवा) ताजा माछा प्रतिकेजी २५० रुपैयाँ, (छडि) ताजा माछा प्रतिकेजी २३० रुपैयाँ थोक मूल्य रहेको छ ।