अब आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ : अध्यक्ष ढकाल « Arthapath.com
२८ चैत्र २०८१, बिहीबार

अब आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र चलायमान हुन नसक्दा यसको असर समग्र क्षेत्रमा देखिएको बताएका छन् ।

महासंघको ५९औं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

’निजी क्षेत्र चलायमान हुन नसक्दा अहिले सबैतिर प्रभाव परेको छ । सरकारको राजश्वमा पनि प्रतिकूल प्रभाव परेको छ । यो सबैलाई जानकारी छ’ उनले भने ।

अब आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने उनको भनाइ छ। निजी क्षेत्रको सम्मान, समृद्धिको आधार’ नारालाई मनन् गर्नुपर्ने उनले बताए ।

अहिले मुलुकमा सुशासनमा समस्या देखिएको बताए । यसलाई सुधार गर्न नसके अर्थतन्त्रमा मात्र नभई समाजमा नै समस्या देखिने भन्दै चिन्ता समेत व्यक्त गरे ।

८६ प्रतिशत रोजगारी र ८० प्रतिशत बढी प्रत्यक्ष र अप्रत्यक्ष राजश्वमा योगदान पुर्याउने निजी क्षेत्र निरन्तर अपहेलित भइरहेको उनले बताए ।

अहिले ८१ प्रतिशत लगानी गरेको निजी क्षेत्र निरन्तर जोखिममा रहेको बताउँदै निजी क्षेत्रलाई सुरक्षित महसुस गराउन राज्यको सहयोग रहेको धारणा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्