प्रभु महालक्ष्मीद्वारा नयाँ बोनसरदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? « Arthapath.com
२९ चैत्र २०८१, शुक्रबार

प्रभु महालक्ष्मीद्वारा नयाँ बोनसरदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?



काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

नेपाल बीमा प्राधिकरणले कम्पनीको बीमाङ्कीय प्रतिवेदन चैत २७ गते स्वीकृत गरेपछि कम्पनीले आफ्नो विभिन्न बीमा योजनाहरूमा लागू हुने गरी नयाँ बोनसदर सार्वजनिक गरेको हो।

‘सावधिक जीवन बीमा’ योजनामा न्यूनतम ३३ रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म प्रतिवर्ष र प्रति हजार रुपियाँ बोनस पाउनेछन् । त्यस्तै, ‘सावधिक तथा आजीवन’ योजनाका बिमितले न्यूनतम ३८ र अधिकतम ७३ रुपियाँसम्म बोनसदर पाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी कम्पनीले ‘अग्रिम भुक्तानी सावधिक’ योजनाका बिमितलाई प्रतिवर्ष प्रतिहजारका दरले न्यूनतम २३ रुपियाँ र अधिकतम २७ रुपियाँ बोनस निर्धारण गरेको छ ।

‘महालक्ष्मी सावधिक जीवन बीमा’ योजनाअन्तर्गत बिमितले न्यूनतम ४५ र अधिकतम ५२ रुपियाँसम्म बोनसदर पाउनेछन् । त्यसैगरी ‘महालक्ष्मी सरल जीवन बीमा’मा आबद्ध बिमितले न्यूनतम ५२ रुपियाँदेखि अधिकतम ५५, ‘महालक्ष्मी जीवन हेरचाह बीमा’मा न्यूनतम ५० रुपियाँ र अधिकतम ५१ रुपियाँ र ‘महालक्ष्मी बाल बचत बीमा’मा बीमाअवधि अनुसार न्यूनतम ३२ रुपियाँदेखि अधिकतम ३९ रुपियाँसम्म बोनस दिने घोषणा गरेको छ ।

साथै, ‘महालक्ष्मी वार्षिक धनफिर्ता बीमा’ योजनानाको सबै बीमा अवधिमा ३५, ‘महालक्ष्मी धनधान्य बीमा’ योजनामा ४५ र ‘महालक्ष्मी सावधिक आजीवन बीमा’ योजनाका बीमितले ३८ रुपियाँ बोनस पाउनेछन् ।

अर्को बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि लागि सो बोनसदर कायम रहने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्